ourkirtipur.com.np

Tuesday
Mar 28th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home News and Events Shahid Weekly असहमतिले राष्ट्रपति थकित

असहमतिले राष्ट्रपति थकित

E-mail Print PDF

देशको प्रमुख संवैधानिक निकाय राष्ट्रपति कार्यालयका राष्ट्राध्यक्ष रामवरण यादव एक महिनाको असफल प्रयासबाट थकित भएका छन् । नेपालको अन्तरिम संविधान २०६३ धारा ३८(१) अनुसार सहमतीय सरकार गठन गर्न नवौं पटकपछि सीमा टोक्ने काम अब अनन्तकाल सम्मको लागि ब्रेक गरेको छ । अब दलहरुले ३८(१) अनुसार जुनबेला सहमति गरेर आउँछ तब सरकार बनाउँला भनेर सडकमा छाडा साँढे सरी छाडेका छन् ।

पछिल्लो यो परिस्थिति सृजना गर्ने राष्ट्रपतिले देशलाई व्यवस्थित संचालन गर्न नसकेको र राष्ट्रपति आफै असफल भएको प्रमाण हुनेछ । देशका प्रमुख राजनैतिक दलहरुलाई पुस ८ गते देखिनै सहमतीय सरकार गठन गरी आउन आह्वान गरी एउटा राम्रो निकास निकाल्न प्रयत्नशील रहेपनि दलहरुको असहमतिको कारण निकास निस्केन । आ–आफ्नै डम्फु बजाएको सत्ता स्वार्थको त्याग गर्न नसकेपछि देशको राजनैतिक निकास ओझेलमा परेको हो ।

राष्ट्रपतिबाट ३८(२) अनुसार बहुमतीय सरकार गठन गर्न सक्ने अधिकार प्रयोग गर्न आँट गरेन । कारण गाँसे गुँसे एकै नासे स्वभाव भएका दलहरुले अहिले जस्तै भागवण्डाको राजनीति गर्नेमा राष्ट्राध्यक्ष विश्वस्ट छ ।पूँजीवादमा पूँजीवादी पार्टी र पूँजीपति नेताहरुले देश र जनताको स्वार्थ भन्दा दलगत स्वार्थमा कसरी फस्दो रहेछ भन्ने अहिलेको राजनैतिक अन्योल कायम गरेकोबाट प्रष्ट भएको छ नौ पटक प्रयोसको पनि असफलताले ।

३८(१) र (२) अनुसार सरकार बन्न नसकेको अवस्थामा राष्ट्रपति समक्ष एउटै उपाय बाधा अड्काउ फुकाउने हो भने देशमा राम्रो उपयुक्त निकास निकाल्ने हो भने स्वतन्त्र तटस्थ व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्न सक्नुपर्दछ । चुनावमा भाग लिन नपाइने गरी स्वतन्त्र व्यक्तिको नेतृत्वमा संसदीय चुनाव गर्ने हो भने कुनै पनि दलले बाधा हाल्न सक्ने छैन ।
आहिले स्वतन्त्र व्यक्तिले थेग्न नसक्ने, नहुने भन्नेहरु सत्तामा रहेर धाँधली गर्ने, सत्ताको दुरुपयोग गर्न पल्केकाले मात्र विरोध गर्दछ । राष्ट्रपति थकित भएर अनन्तकालको समय दिनु राष्ट्र र देशवासीको लागि अहित हुने भएकोले तत्काल राष्ट्रपतिले कदम चाल्नु पर्दछ । अबका केही दिनमा सहमतीय सरकार गठन नभएमा राष्ट्रपतिले देशवासीको नाममा सम्वोधन गर्ने तयारी गरेको राष्ट्रपति कार्यालय श्रोत बताउँछ ।

 

Opinion

On-field disputes in the National Games

The Seventh National Games concluded yesterday in Biratnagar. 

- Akash Maharjan




The Lost Opportunity

During the last 10 years of acute problem of power shortage(loadshedding), which now seems...

-Bibek Dangol