ourkirtipur.com.np

Tuesday
Jul 25th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home News and Events Shahid Weekly पत्रकार हत्याको अनुसन्धान नरोक्न सर्वोच्च अदालतको आदेश

पत्रकार हत्याको अनुसन्धान नरोक्न सर्वोच्च अदालतको आदेश

E-mail Print PDF

काठमाडौ । सर्वोच्च अदालतले मंगलबार दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याको अनुसन्धान नरोक्न अन्तरिम आदेश दिएको छ । महान्याधिवक्ता मुक्ति प्रधानले दैलेख सरकारी वकिल कार्यालयलाई बयान नलिन आदेश दिएपछि न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलाशले यस्तो फैसला गरेको हो ।

महान्याधिवक्ता प्रधानको निर्देशन कानुनविपरीत भन्दै कानुन व्यवसायी गोविन्द बन्दीले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । दैलेख प्रहरीले ८ वर्षअघि हत्या गरिएका पत्रकार थापाको हत्या आरोपमा ५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आरोपीहरुले प्रहरीलाई दिएको बयानमा अपराध स्वीकार गरेका छन् । प्रधानले पक्राउ परेका आरोपीहरुको बयान नलिन र अनुसन्धान प्रक्रिया रोक्न जिल्ला सरकारी वकिल कार्यालय दैलेखलाई लिखित निर्देशन दिएका थिए ।