ourkirtipur.com.np

Monday
Apr 24th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home News and Events Shahid Weekly मल कारखाना स्थापना गरी राजस्व विदेशीनबाट बचाऔं

मल कारखाना स्थापना गरी राजस्व विदेशीनबाट बचाऔं

E-mail Print PDF

नेपालमा रासायनिक मल कारखाना खोल्नुपर्ने माग नेमकिपाको हो । नेमकिपाले प्रत्येक वर्ष सदन र सडकमा मल कारखाना खोल्न सरकारको ध्यानाकर्षण गर्दै आएको हो । तर सत्तासीन कुनै पनि दलले मल कारखाना खोल्नतर्फ चासो राखेको होइन । मल कारखाना नेमकिपाको लागि होइन देशभरका किसानहरूको लागि हो, अन्न तथा तरकारी खेती गर्ने श्रमजीवी वर्गको लागि हो । मल कारखाना खोले देशको एउटा महत्वपूर्ण आयस्रोत हुनेछ र देशभर सर्वसुलभ ढङ्गले गुणस्तरीय मल पु¥याउन सक्नेछ ।

कृषि मन्त्रालयले हालै नेपालमा रासायनिक मल कारखाना खोल्नेबारे आफ्नो अवधारणा पत्र तयार गरेको छ । उक्त अवधारणा पत्र लगानी बोर्डलाई सुम्पिएको छ । लगानी बोर्डले मल कारखाना बनाउनेसम्बन्धी प्रक्रिया अघि बढाउन तुरुन्त अध्ययन, अनुसन्धान गर्न जरुरी छ । एक खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने अनुमान गरिएको सो कारखाना थालनी भएपछि पाँच वर्षभित्र तयार हुनेछ । लगानी बोर्डले सार्वजनिक निजी साझेदारी वा सरकार आफैले स्थापना गर्ने हो टुङ्गो लगाउनुपर्छ रासायनिक मल कारखाना बनाउन नेपाल विद्युत प्राधिकरणले एक सय मेगावाट विद्युत उपलब्ध गराउनुपर्नेछ ।

कृषि प्रधान देशमा मल कारखाना नभई हुँदैन । अधिकांश किसानहरू भएको देशमा मल कारखाना जरुरी छ । मल कारखाना नभएकैले खेतीको सिजनमा जहिले पनि मलको अभाव हुन्छ । सिजनमा मल नपाएर किसानहरू मर्कामा पर्छन् । कहिलेकाहीं समयमा मल हाल्न नसकेर उत्पादनमा हा¥स हुन्छ । उत्पादनमा कमि आउनुको अर्थ विदेशबाट थप अन्न आयात गर्नु हो । यसले देशको राजस्व विदेशिन्छ ।
स्वदेशमै मल कारखाना नभएकोले प्रत्येक वर्ष नेपालमा मलको हाहाकार भइरहेको छ । कहिले मल अभाव हुन्छ त कहिले प्राप्त मल गुणस्तरहीन या कमसल हुन्छ । कहिले मलमा तौल पुग्दैन । देशको आयस्रोत बढाउन, राजस्व विदेशिनबाट बचाउन, मल देशभर पु¥याएर उत्पादन बढाउन, खादान्नमा आत्मनिर्भर बनाउन नेपालमै मल कारखाना खोल्नु आवश्यक छ । यसले समग्र देश र जनताकै हित गर्छ । यसकारण नेपालमै मल कारखाना खोल्न कृषि मन्त्रालय र लगानी बोर्डले तदारुकता देखाउनुपर्छ ।

देशको लागि आवश्यक कारखाना स्थापना गर्न सरकारपछि हट्नु हुँदैन । सरकारको परिवर्तनले मल कारखाना खोल्ने प्रक्रियामा बाधा हाल्नु हुँदैन । सरकार परिवर्तनसँगै योजनाहरू भताभुङ्ग हुने काम रोकिनुपर्छ । देशको मुहार फेर्न नसक्नुको कारण पनि सरकार परिवर्तनसँगै योजनाहरू लागू नगर्नु हो । कहिलेकाहीँ योजना बनाउँछ, पूर्वाधार तयार गरी अवधारणा पत्र तयार गर्छ तर त्यस्तै थन्काइन्छ । योजनाहरूको चाङ हुन्छ तर कार्यान्वयन पक्ष फितलो हुन्छ । योजना योजनामा सीमित हुन्छ । यसकारण लगानी बोर्डले मल कारखाना खोल्न तदारुकता देखाउनुपर्छ र कारखाना स्थापना गरिनुपर्छ ।
मल कारखाना स्थापना गरे भारत चीन तथा तेस्रो मुलुकमा पनि निर्यात गर्न सकिनेछ । मल कारखाना खोलेर घाटा होइन यथेष्ट नाफा हुन्छ । अतः मल कारखाना खोल्न सरकार दृढ हुनुपर्छ ।

- दिनबन्धु के.सी.

 

Opinion

On-field disputes in the National Games

The Seventh National Games concluded yesterday in Biratnagar. 

- Akash Maharjan




The Lost Opportunity

During the last 10 years of acute problem of power shortage(loadshedding), which now seems...

-Bibek Dangol