ourkirtipur.com.np

Wednesday
May 24th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home News and Events Shahid Weekly नाममात्रको कृषि अर्थतन्त्र

नाममात्रको कृषि अर्थतन्त्र

E-mail Print PDF

नेपालको अर्थतन्त्रलाई कृषिमा आधारित भन्ने गरिन्छ र यथार्थमा भने त्यस्तो पाउँदैनौं । जनसंख्याको ठूलो हिस्सा कृषि पेसामा भए पनि कृषि क्षेत्रले उत्पादनले देशभित्रको आवश्यकतासम्म धानेको पनि देखिएन । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामै करिब तीन अर्ब रुपैयाँको चामल भन्सार नाका हुँदै भारतबाट नेपाल भित्रिएको छ । भारतबाट भएको चामल आयात वृद्धि गत वर्षको तुलनामा दुई सय ३५ प्रतिशतले वृद्धि भएको बताइएको छ । यो त वैद्य नाकाबाट भन्सार तिरेर भित्र्याइएको परिणाम भयो । खुला परिणामको कुनै लेखाजोखा नै छैन ।
चामलमात्र होइन तरकारीसमेत भारत र चीनबाट आयात हुने गरेका छन्। यस चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा भारतबाट मात्र दुई अर्ब १६ करोड रुपैयाँको तरकारी आयात भएको तथ्याङ्क छ । साउनदेखि मंसिरसम्ममा तरकारीको आयात २१ प्रतिशतले बढेर एक अर्ब ३५ करोड पुगेको बताइको छ । आइतबारबाट हुने फलफूलको आयात पनि पाँच महिनाको अवधिमा ६५ प्रतिशतले बढेको तथ्याङ्क छ । तथ्याङ्कअनुसार साउनदेखि मंसिरसम्म भन्सार राजश्व तिरेर ५७ करोड ६६ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको छ । भटमासको कच्चा तेलको आयात पनि यो अवधिमा चार अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको भएको छ । चिनी र चियापतिमात्र पनि पाँच महिनाको अवधिमा एक अर्ब चार करोड रुपैयाँको आयात भएका छन् । यसबाहेक चीनबाट निकै ठूलो परिणाममा स्याउ तथा आलु, प्याज, लसुन र अदुवालगायतका तरकारी र मसला आयात भएको छ । चीनबाट मात्र वार्षिक एक अर्ब रुपैयाँको स्याउ आयात हुने गरेको भन्सार विभागको तथ्याङ्क छ । भन्सार कार्यालयहरूमा जनाइएका वस्तुको मूल्य बजार मूल्यका तुलनामा निकै थोरै हुन्छ । मूल्यका आधारमा कृषि सुधार शुल्क तिर्नुपर्ने हुनाले भन्सारमा थोरै मूल्य देखाउने गरिन्छ ।


माथिको विवरणले बहुसंख्यक नेपाली कृषि पेसामा छन् भने तथ्यमाथि नै प्रश्न उठाइदिन्छ सरकार कृषिमा आधुनिक प्रविधिको गफ दिइरहेको छ तर अर्बांै रुपैयाँ चामल आयातमा बाहिरिरहेको छ । देशभित्र तरकारीको व्यवसायिक खेती बढेको दाबी सरकारले गर्दै आएको छ तर तरकारी आयातको तथ्याङ्कले सरकारी दाबीलाई समर्थन गर्दैन । मुलुकभित्र उत्पादन नहुने वस्तु आयातको त विकल्प नै छैन तर चामल–चिउरादेखि तरकारी, फलफूल र पशुपक्षीसमेत अरबौं रुपैयाँ विदेशिने गरी आयात गर्नुपर्ने देशको अर्थतन्त्रकै निम्ति ठूलो चुनौती हो । सरकारले कृषिमा आधारित अर्थतन्त्र भनेर फलाकेरमात्र पुग्दैन, वास्तवमै देशको अर्थतन्त्रका निमित कृषि क्षेत्रलाई आधारका रुपमा उठाउनु आवश्यक योजना बनाएर कार्यान्वयन गर्नैपर्छ । आधुनिक विधि र सुधारिएको बीउ बीजन प्रयोग गरी व्यवसायिक खेती गर्ने तथा पशुपालन गर्नेतर्फ किसानहरूलाई डोर्याउनैपर्छ ।

– प्रकाश

 

Opinion

On-field disputes in the National Games

The Seventh National Games concluded yesterday in Biratnagar. 

- Akash Maharjan




The Lost Opportunity

During the last 10 years of acute problem of power shortage(loadshedding), which now seems...

-Bibek Dangol