ourkirtipur.com.np

Tuesday
Mar 28th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home News and Events Shahid Weekly फर्पिङ, साँखुमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने

फर्पिङ, साँखुमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने

E-mail Print PDF

काठमाडौं जिल्लाको पश्चिम दक्षिण भेग र उत्तरपूर्वी भेगका गाविसहरुलाई सेवा प्रदान गर्न हाललाई २ वटा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएका छन् । पश्चिम दक्षिण भेगका गाविसहरुको लागि फर्पिङ केन्द्र र उत्तर पूर्वी भेगका गविसको लागि साँखुमा केन्द्र रहने भएको छ ।

नेपाल सरकार गृहमन्त्रालयले पौष २ गतेको पत्राचार अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रजिअ चुडामनी शर्माको संयोजकत्वमा पौष २३ गते बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले सो दुई स्थानको निर्णय गरी गृहमन्त्रालयमा अनुरोध पत्र पठाएको हो । फर्पिङ केन्द्रमा टल्कु डुडेचौर, छैमले, दक्षिणकाली, शेषनारायण, सेतीदेवी र चाल्नाखेल गाविसहरु र साँखु केन्द्रमा बज्रयोगिनी, सुन्तोल, पुखुलाछी, इन्द्रायणी , लप्सेफेदी , नाङ्गले भारे, डाँछी, गागलफेदी, आलापोट, भद्रवास र मुलपानी गाविसहरुको सेवा गर्नेछ । वर्ष ९, अंक ४० (२०६९ माघ ५ गते शुक्रबार प्रकाशित)

 

Opinion

On-field disputes in the National Games

The Seventh National Games concluded yesterday in Biratnagar. 

- Akash Maharjan




The Lost Opportunity

During the last 10 years of acute problem of power shortage(loadshedding), which now seems...

-Bibek Dangol