ourkirtipur.com.np

Tuesday
Mar 28th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home News and Events Shahid Weekly बाँके जिल्लामा पचासी हजारभन्दा बढी निरक्षर

बाँके जिल्लामा पचासी हजारभन्दा बढी निरक्षर

E-mail Print PDF

नेपालगञ्ज । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार बाँके जिल्लामा अहिले पनि करिब ८५ हजारभन्दा बढी नागरिक निरक्षर रहेका छन् । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका कूल निरक्षरमध्ये गत आर्थिक वर्षसम्म महिला ५१ हजार ४६९ र पुरुष ३४ हजार ६१५ रहेका छन् । कूल पाँच लाख चार हजार ५४८ जनसंख्या रहेको यस जिल्लामा गत आर्थिक वर्षसम्म महिला एक लाख ७६ हजार २५५ र पुरुष दुई लाख १२ हजार ६३२ साक्षर रहेको तथ्याङ्कले देखाएको छ ।

यस जिल्लामा वार्षिक २१ हजार नागरिकलाई साक्षर बनाउन सकेमात्र सन् २०१५ सम्ममा निरक्षरता उन्मूलन गर्ने सरकारको लक्ष्य पूरा हुनसक्ने प्रकाशित तथ्याङ्कमा औंल्याइएको छ ।
तर, सो लक्ष्यमा पुग्न सरकारले शिक्षा नीतिमा सुधार गर्नुपर्ने, अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने, सहयोगी कार्यकर्ता र स्थानीय शिक्षक नियुक्तिको समस्या सम्बोधन गर्नुपर्ने तथा स्थानीय निकायले शिक्षा कार्यक्रममा अपनत्व लिन सक्नुपर्ने लगायत ११ बुँदे सुझाव दिइएको छ । वर्ष ९, अंक ४० (२०६९ माघ ५ गते शुक्रबार प्रकाशित)

 

Opinion

On-field disputes in the National Games

The Seventh National Games concluded yesterday in Biratnagar. 

- Akash Maharjan




The Lost Opportunity

During the last 10 years of acute problem of power shortage(loadshedding), which now seems...

-Bibek Dangol