बृद्धबृद्धाहरुको स्वास्थ्य परीक्षण सम्पन्न

Tuesday, 11 September 2012 15:40 ourkirtipur
Print

कीर्तिपुर। नेपाल कपडा तथा सिलाई व्यवसायी संघको आयोजनामा सुमेरु अस्पतालको सहयोगमा पाँगा विचाः गुठी वडा नं. ९ ढोकसीको सक्रियतामा १६ गते शनिबार पांगा ढोकासी नवाज्योति प्रा.वि. परिसरमा वृद्धवृद्धाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरियो।

नाक, कान, घाँटी र दाँतको १७५ जनाले स्वास्थ परीक्षण गरेको आयोजकले जनाएको छ। शिविरको उद्घाटन आयोजक व्यवसायी संघका अध्यक्ष विद्युत बज्राचार्यले गर्नुभएको थियो। स्वास्थ्य परीक्षणमा निःशुल्क ओषधी पनि वितरण गरिएको थियो।