महिला संजालको तेस्रो बार्षिक सभा

Tuesday, 11 September 2012 15:35 ourkirtipur
Print

कीर्तिपुर महिला संजालको तेस्रो वार्षिक साधारण सभा गत शुक्रबार कृष्ण क्याटरिङ्गमा समपन्न भयो। प्रमुख अतिथि घरेलु तथा साना उद्योग विकास विभागका निलम ताम्राकारले पानसमा दीप प्रज्जवलन गरी उद्घाटन गरिएको सो कार्यक्रममा वहाँले महिला संजालले महिला सीप विकासमा तालिम दिने काम गरेकोमा प्रशंसा गर्नुभयो।

त्यस क्रममा वहाँले बेकरी तालिम प्राप्त गरेका प्रशिक्षार्थीलाई प्रमाण पत्र पनि प्रदान गर्नुभएको थियो। त्यसैगरी कीनपाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले महिलाको आत्मनिर्भर बनाउने कार्यमा संजाल अझ अगाडि बढ्न जोड दिनुभयो। साथै वहाँले उद्घोषण तालिम प्राप्त प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो।

संजालका अध्यक्ष सुनिता शाक्यको सभापतित्वमा भएको कार्यक्रममा हसना महर्जन, गंगादेवी महर्जनले पनि बोल्नुभएको थियो। कार्यक्रममा कोषाध्यक्ष सावित्री श्रेष्ठले आ.व. २०६८/०६९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।