कीर्तिपुर सर्वपक्षीय र त्रिवि वार्ताटोलीवीच वार्ता सकारात्मक

Tuesday, 11 September 2012 15:31 ourkirtipur
Print

दशकदेखि थाँती रहेको, पटक पटक आन्दोलन हुँदा पनि टुङ्गोमा पुग्न नसकेको कीर्तिपुवासी त्रिवि बीचको तिक्तता अब समाप्त हुने सकारात्मक लक्षण देखा परेका छन्।

त्रिवि सरोकार सर्वपक्षीय समितिले २०६५ माघ २२ गते त्रिवि समक्ष पेश गरेका १५ सुत्रीय मागलाई वार्ताद्वारा सम्बोधन गर्न त्रिवि पक्षबाट तीन जनाको वार्ताटोली गठन गरेको भने सर्वपक्षीय समितिबाट जनाको वार्ता टोलीबाट वार्ता टेवलमा बसी रहेको अवस्था छ।

त्रिविको वार्ता टोलीले वार्तामा ढिलासुस्ती गरेकाले भाद्र गते सर्वपक्षीय वार्ता टोलीले उपकुलपति, रेक्टार रजिष्टारसँग त्रिवि सेडिडमा हल कीर्तिपुरमा भेटगरी ध्यानाकर्षण गरेपछि वार्ता टोलीबीच दोस्रो पटक वार्ता सम्पन्न भइसकेको जनाएको छ।

उच्च ओहोदासँग बसे लगत्तै भाद्र गते त्रिवि वार्ता टोलीसँग सिग्रेटमै वार्ता भयो सो वार्तामा त्रिवि पक्षकाबाट १५ बुँदे मागलाई तत्काल अल्पकाल दीर्घकाल गरी तीन तहबाट पुरा गर्न सकिने जानकारी प्रस्तुत गनुभयो।

त्रिविको कार्यकारीबाट, सिनेट वा वोर्ड बैठकबाट सरकारबाट पुरा गर्नुपर्ने विषयमा छलफल अगाडि बढाउन दुवै पक्ष सकारात्मक रहेको सर्वपक्षीय समितिका संयोजक शम्भुराम महर्जनले बताउनुभयो।

फेरि भाद्र १३ गते भएको वार्ताले त्रिवि वार्ता टोलीको आधिकारीकताबारे उच्च तहबाट स्पष्ट निर्देशन प्राप्त गर्ने तेस्रो चरणको वार्ता टेबल गर्ने भएका छन्।

सर्वपक्षीय समितिले दिएको जानकारी अनुसार कीर्तिपुर त्रिवि बीचको समस्या छिटो भन्दा छिटो कीर्तिपुरवासीको हितमा रही समाधान गर्ने तयारी गरेको जनाएको छ। भाद्र , १३ गते भएको टेवुल वार्ताबारे सरोकार सर्वपक्षीय समितिका वार्ता टोलीले सरोकार सर्वपक्षीय समितिका सहयोगीहरु नागरिक समाजलाई तत्काल जानकरी दिई सकेको छ।

त्रिविसँग गरिने हरेक वार्ता जनताको लागि पारदर्शी हुनेछ। कीर्तिवुरवासीलाई बुँदागत चित्त बझाई जनताको सिफारिसमा मात्र अन्तिम निचोड निकाल्ने भाद्र २० गते बसेको सर्वपक्षीय बैठकमा संयोजक शम्भुराम महर्जनले जानकारी दिनुभएको छ।

माग पत्र

कीर्तिपुरमा क्रियाशील सम्पूर्ण राजनैतिक पार्टीका आधिकारिक प्रतिनिधिहरु, त्रिवि पीडित संघर्ष समितिका प्रतिनिधिहरु नागरिक समाजका प्रतिनिधिहरु सम्मिलित यस त्रि.वि सरोकार सर्वपक्षीय समितिले इतिहासदेखि थातिरहेका सम्पूर्ण समस्याहरुलाई तार्किक निष्कर्षमा पुर्याई समाधान गर्ने उद्देश्यसहित त्रिवि २०६५ माघ २२ गते उपकुलपतिलाई पेश गरेको मागपत्र जानकारी छलफल गर्न सहज होस भन्ने हेतुले प्रकाशित गरेका छौं।सं.

() २०१३ सालको राजपत्रमा प्रकाशित सूचना अनुरुप त्रि वि मा आवश्यक पर्ने दक्ष एवम. अर्धदक्ष जनशक्ति, शैक्षिक, प्रशासनिक, प्राविधिकहरु नियुक्ति गर्दा कीर्तिपुरका वासिन्दालाई अग्राधिकार प्रदान गर्नु पर्ने।

) २०१३ सालको राजपत्रमा प्रशाशित सूचना अनूरुप निर्माण कार्यमा स्थानीय निर्माण ब्यवसायीहरुलाई प्राथमिकता दिनुपर्ने।

) त्रिवि स्थापनाको लगि पटक पटक जग्गा अधिग्रहण गरेकोमा हालसमम पनि कैयौं किसानहरुले मुआब्जा पाएका छैनन्। उक्त समस्या समाधानार्थ वर्तमान मापड48 अनुसार मुआब्जा प्रदान गर्नको लागि, के कति कारणले मूआब्जा नपाएको हो छानविन गरी के कति संख्याले मुआब्जा पाउन बा147की , पत्तालगाई उचित मुआब्जा प्रदान गर्न एक अधिकारप्राप्त समिति गठन गरियोस।

) त्रिविले भौतिक निर्माण कार्य गर्दा, गराउ147दा कानुनबमोजिम नक्सा पास गर्नु पर्ने सार्थै निर्माण भइसकेका भौतिक संरचनाहरुको अध्यावधिक गर्नु पर्ने।

) त्रिविले लैवोरेटरी स्कुललगायत विभिन्न भवन जग्गाहरु आफूले प्रयोग नगरी विभिन्न नाफामुखी संघ संस्थालाई दिइएको देखिएकोले उक्त भवन जग्गाहरु तत्काल फिर्ता गरी कीर्तिपुरका वासिन्दाहरुको हितमा प्रयोग गरियोस्।

) त्रिविसभा, कार्यकारी परिषद, सेवा आयोगलगायत अन्य सम्बन्धित निकायहरुमा स्थानीय प्राज्ञहरुलाई लगायत नियुक्तिमा प्राथमिता दिनु पर्ने स्थानीय जनप्रतिनिधिहरु पदेन सदस्य राख्नुपर्ने।

) त्रि वि मा अध्यनरत विद्यार्थी, कार्यरत कर्मचारी, स्थानीय वासिन्दा समेतले सुविधा प्राप्त गर्न सकिने गरी एक सुविधा सम्पन्न पचास शैयाको शिक्षण अस्पताल कीर्तिपुर नजिक निर्माण गरियोस्। उक्त अस्पतालमा स्थानीय बासिन्दालाई बिशेष सुविधाको ब्यवस्था गरियोस्। उक्त अस्पताल निर्माण भई सञ्चालन नहुन्जेलसम्मका लागि शिक्षण अस्पताल महाराजगञ्जमा ५० प्रतिशत शुल्क मिनाहा गरियोस्। साथै आयुर्वेदिक शिक्षण अस्पतालबाट पनि सोहि किसिमको सेवा सुविधा उपलब्ध गरियोस्।

) त्रिवि परिसर भित्र एक कृषि क्यापसको स्थापना गरियोस्।

) कीर्तिपुर नगरपालिकाभित्र संचालन भइरहेका गरिने सामुदायिक कलेजहरुले तिर्नुपर्ने धरौटी अन्य शुल्कहरु मिनाह गरियोस् साथै विश्वविद्यालय अनुदान आयोगबाट प्रदान गरिने बार्षिक अनुदान सुविधाहरु विशेष ग्राह्यता दिई प्रदान गरियोस्।

१०) त्रिवि अन्तरर्गत सञ्चालत सम्पूर्ण संकायहरुमा स्थानीय, कीर्तिपुरवासीहरुलाईकोटा छुट्याई छात्रवृत्तिको व्यवस्था गरियोस्।

११) कीर्तिपुरदेखि काठमाडौं तथा ललितपुर जोडिएका सडकलाई सार्वजनिक बाटो घोषणा गर्नु पर्ने रविश्वद्यिालयको पश्चिमतिरको सिमाना हु147ंदै शिवालयबाट चक्रपथ जोड्ने लेनको पक्की सडक निर्माण गर्न पर्ने। सोको लागि अवश्यक पर्ने जग्गा बजेट त्रिविले नै ब्यवस्था गरियोस्।

१२) त्रिविले उपयोगमा ल्याउन नसकेको जग्गा कीर्तिपुर नगरपालिकाका जनसमुदाय विद्यार्थीहरुका प्रयोगकोलागि जस्तो खेलकुद मेैदान, वसपार्क, नपा भवन उपचार पोखरी(त्चभबत्कभलत एबिलत० तथा अन्य सार्वजनिक प्रयोजनका लागि उपलब्ध गराउनुपर्ने।

१३) त्रि.वि स्मृति भवन त्रिवि अडिटोरियम हल स्थानीय निकायको सिफारिसमा स्थानीय संघ संस्थाले निःशुल्क प्रयोग गर्न पाउनु पर्ने।

१४) त्रि.विको नाम हालको परिवर्तित परिवेश अनुरुप राष्ट्रिय विभूति, शहीद, राष्ट्रिय पहिचानको प्रतिनिधित्व हुने गरी नामाकारण हुनुपने विश्वविद्यालय क्याम्पस नाम परिवर्तन गरी पूर्ववत रुपमा कीर्तिपुर बहुमुखी क्याम्पस नै कायम हुनुपर्ने।

१५) बागमती नदीले छोडेको बढ् जग्गामा कीर्तिपुर नगरपालिकाको स्वामित्व कायम हुनुपर्ने।

त्रि वि सरोकार सर्वपक्षीय समिति