काठमाडौं। विश्व प्रसिद ५५ झ्याले दरवार खुलेको दोस्रो मंगलबार दरवार अवलोकन गर्नेको भीड झन बढेको छ। भक्तपुर नपाले दरवार क्षेत्रस्थित विश्व प्रसिद्ध ५५ झ्याले दरवार भदौ १२ गते मंगलबारबाट खोलेको थियो।
बिहान ११ बजेदेखि दिनको चार बजेसम्म सर्वसाधारण र पर्यटकको लागि खुला गरिएको दरवारमा मंगलबार ३५ सयको हाराहारीमा पर्यटक, सर्वसाधारण र विद्यार्थीले अवलोकन गरेका छन्। प्रचारप्रसारका कारण अवलोकन गर्ने निकै बढेको हो। मंगलबार अवलोकनको निम्ति आउने फोटो पत्रकार पर्यटन व्यवसायीसमेत थिए। गत हप्ता दुई हजारको हाराहारीमा अवलोकन भएकोमा दोस्रो दिन लगभग ३५ सयले अवलोकन गरेको नपा स्रोतले जनायो। नपाका अनुसार मंगलबार १७७१ विद्यार्थी, सर्वसाधारण ११३१, पर्यटक ३२ जनाले अवलोकन गरेका थिए।
अवलोकन गर्ने दिउँसो १२ बजेतिर निक्कै भीड बढेको र ३ बजेपछि पातलिंदै गएको थियो। स्थानीय सर्वसाधारणको सहभागिता बढी पाइएपनि विभिन्न जिल्लाबाट आउनेको संख्या पनि बढी नै थियो। सुनसरी इटहरी नगरपालिका हडगडाका चन्द्र खतिवडाले आफू पचपन्न झ्याले दरवार खुलेको थाहा पाएर फोटो खिच्नसमेत आएको बताउनुभयो।
कीर्तिपुरका रत्नबहादुर मानन्धरले भित्तामा कोरिएको चित्रले निकै भावुक बनाएको बताउनुभयो। उहाँले एक घ48टा लगाएर फोटो मात्र खिच्नुभएन, एकएक गरी भित्तामा कोरिएको चित्रको समेत अवलोकन गर्नुभएको थियो।
