वि.सं. २०१३ सालमा कीर्तिपुरवासीको जग्गा अधिकरण गरी स्थापना गरेको त्रिभुवन विश्वविद्यालय ५ दशक पुरा गरिसकेको छ। देशकै जेठो विश्व विद्यालयबाट हजारौं विद्यार्थीहरु उत्पादन गरिसकेका छन्। त्रिवि स्थापना हुँदा देखिको कीर्तिपुर वासीले भोगेको पीडा भने अहिले सम्म साम्य भएको छैन।
पटक पटक गरे कीर्तिपुरबासीले आन्दोलन। सर्पको मुखमा परेको कीर्तिपुर र कीर्तिपुरवासीसँग तत्काल पंचायती व्यवस्थामा राजपत्रमा प्रकाशित तत्कालिन गृहमन्त्रीको सर्वाजनिक सूचना अुनसार पाउनुपर्ने अत्यावश्यक व्यवस्था र त्रिवि सरोकार सर्वपक्षीय समितिले अहिलेसम्मको अन्तिम (परिमार्जित) रुपमा ज्ञापनपत्र मार्फत २०६५ माघ २२ गते पेश गरेको १५ सुत्रीय माग पुरा गराउन सर्वपक्षीय समिति टेवल संघर्षमा हुनुहुन्छ। (त्रिवि र कीर्तिपुर सर्वपक्षीर्य बार्ता टोली बीच के भइरहेको छ। विस्तृत समाचार ४ पृष्ठमा साथमा १५ सुत्रीय माग। –सं.)
