फुटसल फाइनलमा पाँगा मावि प्रथम

Friday, 31 August 2012 22:59 ourkirtipur
Print

कीर्तिपुर। नयाँबजार क्लवको आयोजनामा भएको 'प्रथम सुरेश स्मृति फोर ए साइड नगरब्यापी फुटसल प्रतियोगिता'मा पाँगा मिावि प्रथम भएको छ। राराहिल स्कुललाई द्वितीय भै चित्त बुझाउन पर्यो। ०६९ भाद्र ९ गते शनिबार भएको खेलमा पाँगा माविले राराहिललाई १–० ले पारजित गरेको थियो। विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य मनबहादर न्यौपाने, प्रा.डा. रामकृष्ण महर्जन, आयोजकका अध्यक्ष नवीन जोशी लगायतले पुरस्कार वितरण गरेको थियो।  

सामुदायिक कीर्तिपुर बास्केटबल कोर्टमा भाद्र ४ गतेबाट सुरु भएको सो प्रतियोगितामा कीर्तिपुर क्षेत्रका ७ वटा विद्यालयको सहभागिता थियो। लिग कम नकआउटको आधारमा खेलेको सो प्रतियोगिताको उद्घाटन भाद्र ४ गते नयाँबजार क्लवका सल्लाहकार एवं स्वास्थ्य तथा शारीरिक शिक्षा त्रिविका प्रा.डा. रामकृष्ण महर्जनले रेफ्रीलाई बल हस्तान्तरण गरी गरेको थियो।