असी घण्टा हात मिलाएर विश्व कीतिर्मान राख्ने

Friday, 31 August 2012 22:48 ourkirtipur
Print

दाङ लमहीका दिनेश आचार्यले लगातार ८० घण्टा हात मिलाएर विश्व कीर्तिमान राख्ने भएको छ। दाङका वीरेन्द्र कुमार राईसँग यही भदौ ६ गते बिहान १० बजेदेखि निरन्तर ८० घण्टा हात मिलाएर विश्व रेकर्ड राख्ने अन्तिम तयारी पूरा गरेको सोमबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो। रफत सञ्चार क्लब भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा आचार्यले “नेपाल र नेपालीको शान, एकता, मेलमिलाप र शान्तिका लागि अभियान” भन्ने नारालाई सार्थक पार्न आफूले विश्व कीतिर्मान राख्न लागेको बताउनुभयो।

आचार्यले यसअघि पनि ११४ घन्टा ३४ मिनेट ३४ सेकेण्ड निरन्तर पढेर विश्व कीतिर्मान कायम राखिसक्नुभएको उहाँको दाबी छ। द रिडर्स क्लबले २०६७ सालमा आयोजना गरेको वर्षको उत्कृष्ट पाठक प्रतियोगिताको उत्कृष्ट पाठकसमेत रहनुभएको उहाँले यसअघि नै ६० घण्टासम्म हात मिलाएर विश्व रेकर्ड अभ्यास गरिसक्नुभएको छ। यसअघि विश्व गिनिज रेकर्डमा निरन्तर ४२ घन्टा १२ मिनेट ९ सेकेन्डसम्म नेपालकै पवन तिमिल्सिना र दिनेश तिमिल्सिनाले हात मिलाएर विश्व रेकर्ड कायम गरेका थिए।