योग साधना समाजको पाँचौं वार्षिक उत्सवको उपलक्ष्यमा विविध कार्यक्रम चालू छ। आज शुक्रबार पनि पूर्व तय गरेका कार्यक्रम अनुसार योग साधना स्थल त्रिवि गान्धी भवनमा आज विहान सफाइ कार्यक्रम गरिँदैछ। a त्यसै अवसरमा ९ गते शनिबार कीर्तिपुर नयाँबजारस्थित श्री कीर्ति विहारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रममा पुरुष ६५ र महिला २२ गरी ८७ जना रक्तदाताहरुले रक्तदान गरेको समाजका सचिव कान्छाभाइ महर्जनले सहिद साप्ताहिक पत्रिकालाई बताउनुभयो। वहाँको अनुसार भोलि शनिबार विहान ६:३० बजे योग गुरुहरुबाट प्रवचन गरी पाँचौं वार्षिकोत्सव मनाइने कार्यक्रम रहेको छ।
