कीर्तिपुर स्वयंसेवक समाजको सक्रियतामा कीर्तिपुर अग्निपीडित सहयोग संकलन समिति र जुद्ध वारुण यन्त्र (दमकल) व्यवस्थापन समिति काठमाडौंको सहकार्यमा भोलि शनिबार साँझ ५ बजे कीर्तिपुर तःननी टोलमा आगलागी सम्बन्धी जन चेतनामूलक कार्यक्रम हुने भएको छ।
सर्व साधारण र आमन्त्रित महानुभावहरुलाई आगलागी भएमा अपनाउनुपर्ने सतर्कता, प्राथमिक उपचार, धनजनको न्यून क्षति लगायतका विषयमा चेतना दिने उद्देश्य रहेको आयोजकले जनाएको छ। कीर्तिपुरमा साउन १९ गते भरियापुखुमा आगलागी भै धनको मात्र नाश भएको थिएन। त्यस घटनामा परी एक जनाको ज्यान समेत गएको छ भने अन्य अग्निपीडितको अस्पतालमा उपचार भैरहेको छ।
