बुद्धको तस्विर जुत्तामा नराख्न आग्रह

Friday, 31 August 2012 22:32 ourkirtipur
Print

त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रीय बौद्ध अध्ययन विभागले संयुक्त राज्य अमेरिकाको जुत्ता उत्पादक कम्पनी आइकोन सू डिजाइनले उत्पादन गर्ने जुत्तामा भगवान् गौतम बुद्धको तस्विर राखेकामा दुःख व्यक्त गरेको छ।

विभागले विश्वमा शान्तिको सन्देश फैलाउने नेपालका राष्ट्रिय विभूति गौतम बुद्धको तस्विरलाई जुत्तामा राखेर उनको अपमान गरेको ठहर गरेको छ। सो कार्यले विश्वका बौद्ध अनुयायीको आस्था र भावनामा चोट पुर्याउने र धार्मिक सद्भाव खलबलिन सक्ने भन्दै अविलम्ब त्यस्ता कार्य बन्द गर्न सम्बन्धित कम्पनीलाई विभागले आग्रह गरेको छ।  विभागका प्रमुख डा. मिलनरत्न शाक्यले कम्पनीले व्यवसायिक प्रायोजनका लागि बुद्धलाई मात्र नभएर कुनै पनि धर्मका संस्थापक एवम् धर्मगुरुलाई जुत्तामा प्रतिबिम्बन गरेर सम्बन्धित अनुयायीलाई ठेस पुर्याउन नहुने बताए।

Last Updated ( Friday, 31 August 2012 22:33 )