भक्तपुर पचपन्न झ्याल दरवार सर्वसाधारणका लागि खुला

Friday, 31 August 2012 20:16 ourkirtipur
Print

भक्तपुर। पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति भन्दै विश्वमै प्रसिद्ध भक्तपुर दरवार स्क्वायरको पचपन्न झ्याल सर्वसाधारणको लागि खुला गरेको छ। भक्तपुर नगरपालिकाले दरवारभित्रको भित्तेचित्र विदेशी पर्यटक लगायत सर्वसाधारणलाई अध्ययन र अवलोकन गराउने उद्देश्य साथ भाद्र १२ गते मंगलबारबाट दरवार खुला गरेको हो।  नपाले हाल हप्तामा एक दिन प्रत्येक मंगलबार विहान ११ बजेदेखि ४ बजेसम्म खुल्ने निर्णय गरेको छ।

पर्यटकको गन्तव्य रुपमा विकसित भक्तपुर नगरपालिकामा पचपन्न झ्याल दरवार खुलाले बाह्य तथा आन्तरिक पर्यटकको संख्यामा बृद्धि हुने निश्चित छ। मंगलबार पहिलो दिनमा मात्र २ हजार जनाले अवलोकन गरेको नपाले जनाएको छ।  उपत्यकामा आउने विदेशी पर्यटकहरु मध्ये सबै भन्दा धेरै पर्यटक भक्तपुरको अवलोकन गर्ने गरेको तथ्यांक  प्रस्तुत गर्ने गरेको छ। भक्तपुर नगरको सांस्कृतिक धरोहर जीवन्त पार्न, पर्यटकीय गन्तव्यको रुपमा पुर्याउन पुर्खाले सिर्जेका सम्पत्ति संरक्षण गर्न भक्तपुरका जनप्रतिनिधि र भक्तपुर बासीको ठूलो हात रहेको घाम जतिकै  छर्लंग  छ।

सांस्कृतिक सम्पदाको संरक्षणको साथै भक्तपुर सफा नगर, युनेस्कोबाट पारदर्शी नगरपालिकाबाट समेत पुरस्कृत भैसकेको छ।  स्थानीय सरकार भक्तपुर नगरपालिकाले नेपालकै पहिलो पटक शैक्षिक संस्थाको स्थापन गरेर शैक्षिक गन्तव्यको बाटो कोरिसकेको छ। देशका ७० वटा जिल्लाका विद्यार्थीहरुले नगरपालिकाबाट संचालित ख्वप कलेज, ईन्जिनियरिङ   कलेज, बहुप्राविधिक नर्शिङ  कलेज लगायत ५ वटा शैक्षिक संस्थामा हजारौं विद्यार्थीलाई सहुलियत दरमा अध्यापन गराइरहेको छ। देशमा मेडिकल कलेज सहितको ख्वप विश्वविद्यालय स्वीकृतिको लागि नपा लागिरहेको छ।

साँच्चै भक्तपुर एउटा देश र विदेशकै लागि नमूना शहर बनिसकेको अवस्थामा भक्तपुरमा थप पर्यटक भित्र्याउन पचपन्न झ्याल दरवार मंगलबार एक दिन खुला होइन कम्तीमा हप्ताको तीन दिन खुला गर्नु जरुरी छ।

Last Updated ( Friday, 31 August 2012 20:37 )