बेपत्ता कहाँ छन?

Friday, 31 August 2012 20:23 ourkirtipur
Print

अगष्ट ३० अर्थात भाद्र १४ गते वेपत्ता नागरिक अन्तर्राष्टिय दिवस हिजो विहीवार विविधि कार्यक्रम गरी मनाइयो। नेपाल रेडक्रस, एमनेष्टि नेपाल र मानव अधिकार आयोगले छुट्टाछुट्टै कार्यक्रम गर्यो। मानव अधिकार आयोग हरिहरभवनमा भएको कार्यक्रममा वेपत्ता नागरिक सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि अनुसारको सुविधा वेपत्ता नागरिक परिवारले पाउनुपर्ने आवाज उठाएको थियो भने वेपत्ता पार्नेहरुलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन्। नेपालमा राज्यद्वारा १ हजार एकसय र विद्रोहीबाट ४ सय जना वेपत्ता पारेको तथ्याङ्क छ। वेपत्ता हुनेहरुमा कीर्तिपुर क्षेत्रबाट अजय शाही र अर्जुन महर्जन राज्यद्वारा वेपत्ता भएको १० औं बर्ष वितिसकेका छन्।

माओवादी विद्रोहमा लागेको निहुमा राज्यद्वारा पक्राउ गरी वेपत्ता गरेका ती ब्यक्तिहरुको खोजविन माओवादी सरकार प्रचण्ड र अहिले वावुराम भट्टराईको सरकारले गर्न सकेको छैन। वेपत्ता परिवारलाई छोरा छोरी वेपत्ताको नाममा क्षतिपूर्ति दिएर मन शान्त पार्न सकिदैन। लास कि शास वास्तविकता छिनोफानो गरि वेपत्ता पार्नेमा संलग्नलाई कारवाही गरेमामात्र मन शान्त हुने कीर्तिपुरका पीडित परिवारको आवाज रहेको छ।

Last Updated ( Friday, 31 August 2012 20:37 )