झीगु बचत सहकारीद्वारा अग्निपीडितलाई आर्थिक सहयोग

Saturday, 25 August 2012 12:44 administrator
Print

झीगु बचत तथा ऋण सहकारी संस्था कीर्तिपुरले अग्निपीडित परिवारलाई रु. ५० हजार ३५७ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। भाद्र ५ गते महाराजगंज शिक्षण अस्पताल पुगी आगलागीमा परी उपचार गरिरहेका कृष्णबहादुर महर्जनको स्वास्थस्थिति बुझ्नुको साथै परिवारको लागि सहकारी संस्थाका अध्यक्ष महेशराम महर्जनले छोरी हिरा देवी महर्जनलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो।

साउन १९ गते शुक्रबार विहान गाईजात्राको दिन कीर्तिपुर नपा वडा नं. ३ भरियापुखु टोलमा कृष्ण बहादुर महर्जनको घर भीषण आगलागी भएको थियो। सो आगलागीबाट महर्जनकी धर्म पत्नी हिरामोती महर्जनको भाद्र २० गते अस्पतालमा उपचार गर्दा गर्दै निधन भएको थियो। सोही घटनामा सहकारी संस्थाका संस्थापक सदस्य सुविन्द्र महर्जनका छोरी सुभाना महर्जनको कान्ति बाल अस्पतालमा उपचार भैरहेको छ भने छोरा सुलभ महर्जनको उपचार पछि घर फर्किसकेको झीगु बचत सहकारीले सहिद पत्रिकालाई बताउनुभयो।  सो घटनामा परी संस्थामा कार्यरत हिरादेवी महर्जनकी पुजनीय आमाको दुःखद निधन प्रति झीगु बचत तथा ऋण सहकारी संस्था लि.ले गहिरो दुःख व्यक्त गरेको छ साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

स्मरणीय छ, 'आपसी मित्रता र सहयोगको लागि सहकारी' भन्ने मान्यताकासाथ २०६४ माघ १४ गते सो संस्था स्थापना गरी कीर्तिपुरमा कार्यरत छ।