नेपाल भारत मैत्री संघ कीर्तिपुर उपशाखाको आयोजनामा साउन ३१ गते बिहीबार ६६ औं भारतको स्वतन्त्रता दिवस कीर्तिपुर गोरखनाथ टोलमा मनाइयो।
संस्थाका वरिष्ठ सल्लाहकार निलकण्ठ अमात्यको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा वहाँले भारतबाट शिक्षा र सामाजिक क्षेत्रको विकासमा उल्लेखनीय सहयोग भएको बताउनुभयो। कार्यक्रममा सल्लाहकार बसन्त महर्जन, प्रा.डा. रामकृष्ण महर्जनले पनि भारतले गरेका सहयोग र योगदानवारे चर्चा गर्नुभएको थियो। कार्यक्रममा नेपाल भारत मैत्री संघ कीर्तिपुर उपशाखाका अध्यक्ष राजकुमार महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा वहाँले नेपाल–भारत मैत्रीसंघ स्थापनाबारे बोल्नुभएको थियो।
