ब्वाइज र्स्पोट्स क्लवको व्यवस्थापन जिम्मा कीर्तिपुरवाट

Saturday, 25 August 2012 12:37 administrator
Print

नेपाल फुटबल संघ (एन्फा) संग आवद्ध र नेपालको राष्ट्रिय फुटबल लिग 'सी' डिभिजनमा राख्न सफल ब्वाइज स्पोर्टस क्लवको सम्पूर्ण व्यवस्थापन अब कीर्तिपुबाट गरिने भएको छ। कीर्तिपुरको व्यवस्थापनमा आइसकेको अवस्थामा क्लवलाई दीर्घकालसम्म व्यवस्थित संचालन गर्ने उद्देश्यले भाद्र २ गते शनिबार कीर्तिपुरस्थित कृष्ण क्याटरिङ्ग हलमा पाँगा र कीर्तिपुरका विभिन्न खेलाडीहरु र खेलप्रेमी साथीहरुबीच छलफल तथा अन्तरक्रिया कार्य सम्पन्न भयो।

क्लवका संयोजक दुर्कमान महर्जनको संयोजकत्वमा भएको सो छलफल कार्यक्रममा प्रा.डा श्यामकृष्ण महर्जनले खेलको विकासको लागि खेलाडीको निरन्तर सहभागिता आवश्यक भएको बताउँदै फुटबल खेलका खेलाडीहरु अझ सक्रिय हुनुपर्ने औंल्याउनुभयो। कार्यक्रममा खेलप्रेमी एवं खेलाडी राजकुमार महर्जन, दयाराम डंगोल, नवीन जोशी, संयोजक दुर्कमान महर्जन उपसंयोजक पूर्णमान महर्जन लगायतले क्वलको दीर्घकालसम्म स्थायित्व दिन आ–आफ्नो क्षेत्रबाट सहयोग हुने व्यक्त गर्नुभयो। यही भाद्र २० गतेदेखि शुरु हुने सहिद स्मारक सी डिभिजन लिग खेलका लागि पनि संयोजक दुर्कमान महर्जनलाई नै संयोजक तोकेको छ।