संयुक्त राज्य अमेरिकाको उदण्डता

Saturday, 25 August 2012 12:21 administrator
Print

नेपालको विभूति गौतम बुद्धको तस्वीर जुत्तामा  नेपाल आमाका विभूति विश्वशान्तिका हानायक गौतम बुद्धको तस्वीर अमेरिकाको एउटा सू डिजाइन कम्पनीले उत्पादित जुत्तामा छापी बजार प्रवद्धन गरेको गुगल इन्टरनेटमा राखेको छ। संयुक्त राज्य अमेरिकको क्यालिफोर्निया राज्यका धर्मान्ध एक उद्यमी आइकन सू डिजाइन कम्पनीले सो कार्य गरेको हो। त्यस्तो नघन्य अपमान र अपराध कार्यको विरोधमा ललितपुर बुद्ध जयन्ती कोष ललितपुरले बुधबार एक प्रेस विज्ञप्ति मार्फत घोर आपत्ति र निन्दा गरेको छ। प्रेस विज्ञप्तिमा भनिएको छ,– 'विश्वले नै शान्ति र मुक्तिका प्रवर्तकको रुपमा पुन्य गौतम बुद्धको तस्वीर जुत्तामा छापी नीच काम गरेका अमेरिकन सू कम्पनीका आइकन बन्द गरी त्यसले उत्पादित जुत्ताहरु जफत गरी नष्ट गरिदिन र आस्दा बुद्धधर्मका प्रवर्तक र अन्य धर्मका प्रवर्तकहरुलाई पनि अपमान नगर्न र धर्मावलम्बिहरुलाई उनीहरुको आस्थामा गहिरो आघात नपुर्याई दिन हामी मित्र राष्ट्र संयुक्त अमेरिकाको सरकारलाई त्यस अपराधीलाई सख्त कारवाही गर्न समेत माग गरेको छ।'

कोषका अध्यक्ष धर्म बहादुर शाक्य र महासचिव हेराराज शाक्यले संयुक्त हस्ताक्षरमा निस्किएको विज्ञप्तिमा नेपाल तथा सम्पूर्ण विश्वको बौद्ध धर्मावलम्बिहरु मर्मदत हुने अमेरिकी सरकारी कार्य बन्द गराउन दवाव दिन प्रधानमन्त्री बाबुराम भट्टराईको निवास बालुवाटारमा आज शुक्रबार विहान १०:३० बजे ललितपुरको मंगलबजारमा भेला भई ज्ञापन पत्र दिन जाने र त्यसपछि अमेरिकन राजदूतबासमा विरोधपत्र दिने भएको छ।

अमेरिकी साम्रज्यवादले देश माथि हस्तक्षपमात्र नगरी अब विश्वका शान्तिका दूत गौतम बुद्धको तस्वीर जुत्तामा छापी बजार प्रवर्द्धनमा स्वीकृति दिने रबैयाको हामी सवै नेपालीले विरोध गर्नै पर्दछ।