कीर्तिपुर। कीर्तिपुर नपा वडा नं. ४ स्थित भर्र्यापोखरीमा जनै पूर्णिमाको मध्यरातमा विद्युतको तार सत भई भएको आगलागीमा परि श्रमती हिरामोटीको उपचार गर्दा गर्दै साउन २० गते निधन भयो। अन्य तीन जनाको शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ।
चार तल्ले घरमा जनै पुर्णिमा दिन परम्परागत चलन अनुसार भगवान घुम्ने दिन थियो। आधा रातमा अचानक विद्युत सत भई आगलागी भएपछि बच्चाहरुलाई बचाउने क्रममा आगोल पुरै शरीर आगलागी भएको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरले जनाएको छ।
घरमा लागेको आगोले घरका सवै सामान नष्ट भएको र करिब ३० लाख बराबरको सम्पति क्षति भएको जनाएको छ। यसै विच स्थानीय जनताले पीडित परिवारलाई सहयोग गर्न आगलागी पीडित परिवार राहत सहयोग संकलन समिति प्रदीप कुमार महर्जनको संयोजकत्वमा १५ सदस्यीय गठन गरेको छ। पीडित परिवारलाई सहयोग गर्न चाहनु हुने महानुभाव एवं संघ/संस्थाले एस डेभलपमेन्ट बैंक कीर्तिपुर मा सिधै जम्मा गर्न सक्नु हुनेछ या समितिका संयोजक प्रदीप कुमार महर्जनको मो नं. ९८४१५००२५१ मा सम्पर्क गरी सहयोग बुझाउन सक्नुहुनेछ।
