चोभारमा कोरियन निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Monday, 13 August 2012 13:05 administrator
Print

चोभार। युवा जन कल्याण समुह चोभारको आयोजनामा निकोरिया क्लिनिक कीर्तिपुको सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर २० गते शनिवार सम्पन्न भयो। क्लिनिकका नशा रोग विशेषज्ञ डा आन हि हानले नशा सम्बन्धि विभिन्न रोगको परीक्षण गर्नु भएको थियो।

शिविरमा ७८ जनाको परीक्षणमा ६० जनाको परानै नशा रोग लागेको परीक्षण भएको क्लिनिकका प्रवन्धक विनोद कुमार दाहालले सहिदलाई बताउनुभयो। साप्ताहिक निःशुल्क घुम्ति शिविर संचालन गरे अनुसार भोलि २७ गते शनिवार कीर्तिपुर वडा नं. १२ स्थित भत्क्यापाटीमा नशा रोग सम्बन्धि शिविर हुने भएको छ। स्थानीय सहकारी संस्थाको आयोजनामा हुने सो शिविरमा सहभागी भै स्वास्थ्य लाभ गर्न आयोजकले सवै कीर्तिपुर वासीमा अनुरोध गरेको छ।