पांगा क्षेत्रमा नियमित खानेपानी आपूर्ति नभएको र पांगा लाछी भन्दा माथि भुजिन्द, हेखाली धोकासी यरियामा तीन चार दिन मा एक पटक मात्र पानी आउने गर्नाले भएको समस्या अवगत गर्न साउन २३ गते मंगलवार पांगाका स्थानीयबासीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखाली) कीर्तिपुर कार्यालयमा डेलिगेसन गएको छ।
पांगा क्षेत्र खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रशान्त महर्जन, अन्य सदस्य तथा स्थानीय बासिन्दाको उपस्थितमा नियमित खानेपानी आपूर्ति गर्न दवाव दिएको छ। त्यही दिनमै पांगा जाखा लगायत अन्य चावीको काउखाली कीर्तिपुरका प्रमुख सहितको टोलीले निरीक्षण गरेको थियो।
