नेपालको मुख्य अन्नवाली धान साउन २० गतेसम्म पनि रोपाईं पुरा भएको छैन। मात्र ७५ प्रतिशत रोपाईं सकेको छ। नेपाल सरकार सूचना विभागको आयोजनामा सूचना तथा संचार मन्त्रालयमा भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा कृषि विकास मन्त्रालयका सहप्रवक्ता लुईंटेलले आकडासहितको जानकारी दिनुभएको हो।
वहाँले दिनुभएको जानकारी अनुसार विगतमा साउन २० गतेसम्ममा ९५ प्रतिशतले रोपाईं सकिसकेको आकडा थियोे। अहिले हिमालमा ७८ प्रतिशत, पहाडमा ८३ र तराईमा ७१ प्रतिशत मात्र रोपाईं भएको छ। विगतमा ती क्षेत्रमा ९२, ९५, ९३ प्रतिशत रोपाईं भएको थियो। समयमा रोपाईं नहुनु समयमै पानी नपर्नुलाई दोष दिएपनि वास्तविक रुपले अहिलेसम्म पनि सहज ढंगले मल आपूर्ति दिन नसकेकोले रोपाईं नभएको विभिन्न पत्रकारहरुले जिज्ञासा राखेका थिए।
कार्यक्रममा अर्थ मन्त्रालय, सार्वजनिक खरीद अनुगमन कार्यालय, महालेखा नियन्त्रण कार्यालय, वन तथा भू–संरक्षण मन्त्रालयका प्रवक्ता तथा सहप्रवक्ताबाट आ आफ्नो मन्त्रालयकोबारे जानकारी दिनुभएको थियो। कार्यक्रम सूचना विभागका महानिर्देशक ल73मी विलास कोइरालाको सभापतित्वमा संचालन भएको थियो।
