खाडी मुलुक जान महिला ३० वर्ष उमेर हद

Monday, 13 August 2012 12:58 administrator
Print

सरकारले खाडी मुलुक जाने महिला कामदारको उमेर हद ३० वर्ष पुरा भएको हुनुपर्ने व्यवस्था गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्ले सो न्यूनतम उमेर हद तोकेको हो। कम उमेरमै खाडी मुलुक पुगेका महिला कामदारले शारीरिक तथा मानसिक यातना अन्यको तुलनामा भएको देखेपछि सो निर्णय गरेको हो।

संचार मन्त्री राजकिशोर यादवका अनुसार ३० वर्ष पुराभएपछि महिलाहरु पाको हुने र सही निर्णय गर्न सक्ने भएकोले यो निर्णय गरेको हो। यसभन्दा अधि १८ वर्ष पुगेका महिलाहरु खाडी मुलुकमा काम गर्न पाइने व्यवस्था थियो। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार विदेशमा रोजगारका लागि जाने कुल संख्याको ६ प्रतिशत महिला खाडी मुलुकमा छन्। तथ्याङ्कमा कुवेतमा २१ हजार, लेवनानमा ९ हजार, यूएईमा ९ हजार, कतारमा २ हजार वहराइनमा १ हजार ८ सय, ओमानमा एक हजार २ सय, साउदी अरेवियामा ७ सय, मलेसिया ३ हजार ६ सय, इजरायलमा ३ हजार २ सय नेपाली महिला कामदार छन्।