किन??? (गजल)

Saturday, 26 September 2009 08:48
Print
राम्रा बानीहरु मान्छेले जतन किन गर्दैनन्
आजकल साथीहरु भेट्ने मन किन गर्दैनन् ।।

भीरमा परेनी पीरमा परेनी म त्यही झरी हुँ
भीजेर शीतलतामा आनन्दिने मनन् किन गर्दैनन्
आजकल आत्मियहरु जुट्ने मन किन गर्दैनन् ।।

त्यही आगो हो एता तापे नि उता तापे नि
एउटै आगो तापौँ भन्ने चिन्तन किन गर्दैनन्
आजकल आफ्नाहरु भेट्ने मन किन गर्दैनन् ।।

‘जुन’ नित्य त्यही हो, एता चिहाए नि उता चिहाए नि
आभाको पुजा गरौँ भन्ने मनन किन गर्दैनन्
आजकल मायाहरु जुट्ने मन किन गर्दैनन् ।।

त्यहि ‘अस्तब्यस्त’ हो एता अस्त भए नि उता ब्यस्त भए नि
आजकल अस्तब्यस्तको दर्शन कोही किन गर्दैनन्
राम्रा बानीहरु मान्छेले जतन किन गर्दैनन् ।।।

अस्तब्यस्त
पुष २०६५

Last Updated ( Saturday, 25 September 2010 18:23 )