ourkirtipur.com.np

Tuesday
Jul 25th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home Life Style Agriculture असार सकियो रोपाइँ सकिएन

असार सकियो रोपाइँ सकिएन

E-mail Print PDF
समय आँखा अगाडिबाट फटाफट भागिरहेछ । नसोचेका घटनाहरु उपहार दिंदै एकनाश मान्छेलाई बूढो बनाइरहेछ। हाम्रो पालामा यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो भन्ने अवसर हरेकलाई प्रदान गरिरहेछ । हुनत मेरो उमेरले 'पाको' भन्ने उपाधि पाइसकेको छैन तापनि मैले देख्दा देख्दै पनि कति वर्तमानहरु इतिहास बने, बन्दैछन् । असार महिनाले विदा र्लिको पनि एक हप्ता पुग्न लाग्यो । मध्य–मनसुनको याम हुनुपर्ने हो यी दिनहरु । दिन–रात पानी परेर घरभित्रै थन्किनु पर्ने दिनहरु हुन् यी । केही वर्ष अघि सम्म असार–साउन महिनाको सामान्य वर्णन यसरी नै हुन्थ्यो । आज स्थिति समान रहेन । असार सकियो रोपाइँ सकिएन ।

खेती किसानीमा कहलिएका कीर्तिपुर वासीहरुको मन उदास छ आजकल । टन्टलापुर घाममा बाँझो खेत हेरेर हरेश खाइरहेछन् । उडी आउने हर काला बादलमाथि आशाको त्यान्द्रो सोझ्याउदैछन् । बूढापाकाहरु कलियुग आयो भन्दैछन् । जहाँ खेतीयोग्य जमीन छैन त्यहाँ थेगीनसक्नु वर्षा भइरहेछ । जहाँ धानका ब्याड–ब्याडबाट बीउहरु किसानलाई जिस्काइरहेछन् त्यहाँ पानीको अवशेषसम्म छैन ।
 
नहुनु मामा भन्दा कानो मामा ठीक भन्नेहरु पनि छन् । फुको माटोमा कुटोले घैया रोपे झैं धान रोप्नेहरु रोपिरहेछन् । धान फल्ने आशाभन्दा पनि रोपाइँ गरियो भन्ने सन्तोष लिनलाई । हुनत यो समस्या देशका धेरै भागमा धेरै जनाले खेपीरहेका छन् । सरकारले हेला गरेका जनतालाई भगवानले पनि हेपिरहेका छन् । यसरी घडेरी पर्ला भन्ने मेरो बाल–मष्टिस्कले कहिले पनि सोच्न सकेको थिएन । आज यो वयस्क मनले मान्न सकिरहेको छैन । किन यस्तो भइरहेछ बुझेको छु तर स्विकार्न तयार भइरहेको छैन ।
 
प्रकृतिलाई प्रयोग गरेर प्रकृतिलाई विनाश गर्ने भयङ्कर अनुचित कदमहरुको प्रतिफल हो यो । सारा संसारको तापक्रम बढ्दो छ । पोहोर सालभन्दा यसपाला बढी गर्मी, अहिले भन्दा आउने साल बढी गर्मी हुने निश्चित छ । पृथ्वीमा दुइ–ध्रुवमा रहेका भीमकाय हिम–भण्डारहरुको क्षय हुने क्रम शुरु भइसकेको छ । विश्व दिन दुगुणा र रात चौगुणाले विनाश तर्फ धकेलिंदै छ । खण्ड वृष्टि, अतिवृष्टि खडेरी, बाढी पहिरो, सुनामी, भुकम्प अनगिन्ती प्रकोपहरु लामवद्ध भएर बसेका छन् आक्रमणका लागि । मौका पाउनासाथ एकपछि अर्को विनाश शुरु भै हाल्नेछ । तर हामी जागेका छैनौं । जाग्न चाहिरहेका छैनौं ।
 
वातावरण विनाशको प्रमुख कारक तत्व मानव नै हो । जैविक उर्जा (कोइला, पेट्रोल, मट्टीतेल, डिजेल) आदिको प्रयो बढ्दो छ । र साथै बढ्दैछ विश्वमा प्रदुषण, रोगब्याध र तापक्रम । अझ अति विकसित राष्ट्रले गर्ने प्रदुषणको कस्ले हिसाब राख्ने । ठूलाठूला आणविक भट्टीले बढाइरहेको पातक्रमलाई कस्ले नियन्त्रण गर्ने? छ कुनै निकाय? निष्स कानुन सानालाई लाग्छ, ठूलालाई कहिल्यै लागेको छैन र लाग्दैन पनि ।
 
समाधानका उपाय नभएका होइनन् । जैविक इन्धनको प्रयोगलाई शतप्रतिशत रोकौं । वातावरणैत्री उर्जा प्रयोग गरौं । पेट्रोलले चल्ने कारलाई सोलारले चलाउँ । दाउरा बाल्नु भन्दा गोवर ग्यास बनाउँ । मोटर साइकललाई भन्दा साइकललाई जोड दियौं । अनावश्यक विद्युत खपत कम गरौं । समग्रमा सचेत बनौं र अरुलाई सचेत बनाऔै । आ–आफ्नो हिसाबले साना प्रयास गरौं । के थाहा "एकले थुकी सुकी हजारले थुकी नदी" भैहाल्छ कि । आउनुहोस् प्रयास गरौं। के थाहा फेरी अर्को वर्षहरुका रोपाइँमा हिलाम्य भएर आलीमा बसेर आलुको अचार र दही च्युरा खान पाइन्छ कि???
 
सुदिम्न दाहाल
कीर्तिपुर – १९, सल्यानथान
Last Updated ( Saturday, 25 September 2010 18:55 )  

Know our places

 

BaghBhairab

Bagh Bhairab temple is one of the most popular temples dedicated to the God Bhairab in the...

 

Tau Daha

The place Taudaha takes its name from the lake Ta daha situated here from the time immemor...

 

Panga

Panga, is situated south-west of Kirtipur Municipality is a typical Newari settlement. On ...

Send us your articles

We would be glad to publish your works (articles, blogs, photos). Send them to ourkirtipur@gmail.com