ourkirtipur.com.np

Tuesday
Jul 25th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home Health and Environment Care yourself कीर्तिपुरमा योग शिविर

कीर्तिपुरमा योग शिविर

E-mail Print PDF

कीर्तिपुर क्षेत्रमा विगत दशकौं वर्ष अगाडिदेखि योग अभ्यास गर्ने तथा गराउने शिविर केन्द्र, प्रतिष्ठान एवं आश्रमहरु स्थापना भएको हामी पाउँछौं। विशेषग आजकाल योग भन्ने वित्तिकै मानिसहरुले हठ योगलाई बुझ्दछन्। तर यो बुझाई गलत हो। योग अन्तर्गत कर्म योग, ज्ञान योग, भक्ति योग, हठ योग, कृया योग, स्वर योग, मन्त्र योग, लय योग, राज योग आदि पर्दछन्। तर हामीले यहाँ विश्लेषण तथा छलफल गर्न लागेको योग हठ योग वारे हो।

 

यो हठ योग प्राकृतिक विज्ञानसँग गहिरो सम्बन्धित रहेको पाईन्छ। यस्तो योग शताब्दीऔं पहिले ऋषि मुनिहरुले जंगलमा कुटी बनाई गर्ने तथा जंगलमा जे जस्तो फलफूल कन्दमुल पाउँथे त्यही खाई गर्दथे। त्यस्तो अवस्थामा ती व्यक्तिहरु अहिलेका भन्दा स्वस्थ, सामर्थ्यवान, बलिया, निडर एवं प्राकृतिक थिए। तर समय, परिस्थिति, खानपान, रहनसहन परिवर्तनले गर्दा अहिलेका व्यक्तिहरु हरेक दृष्टिकोणले कमजोर भएर गइरखेको पाउछौं। मानिसहरु बढी भन्दा बढी बाँच्ने चाहना एवं रोगबाट मुक्तिका लागि कयौं अस्पताल तथा डाक्टरकहाँ गएपनि निको नभएर निरास भएका विरमीहरु हाल प्रचलित योग अभ्यासतिर आकर्षित भएको हामी पाउँछौं। हाल आएर विशेषगरी विभिन्न टि भी च्यानल तथा योग गुरुहरुको प्रशिक्षणबाट धेरै भन्दा धेरै व्यक्तिहरु योगप्रति आकर्षित भएका छन्। कीर्तिपुर क्षेत्रमा योगअभ्यासको विकास, प्रचार प्रसार एवं प्रशिक्षणको आयाममा कयौं व्यक्ति तथा संस्थाले आफ्नो योगदान गरेका थिए एवं हालसम्म गरिरहेका छन्। यस आयामलाई अगाडि बढाउने कार्यमा त्रिभुवन विश्वविद्ध्यालयको हाताभित्र वि सं २०६४।०५।१६ गते देखि योग अभ्यास सुरु भएको थियो। सुरुका दिनमा यो मुक्ति योग ध्यान प्रतिष्ठान भोटेवहालको शाखाको रुपमा संचालित थियो। पछि झन्डै ६ महिनपछि यसले आफ्नै संस्था "योग साधना समाज कीर्तिपुर" नेपाल सरकार जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर संचालन गर्‍यो। सुरुका दिनमा दैनिक ३०० देखि ४०० जना साधक साधिकाहरुको सहभागिता भएतापनि हाल यो संख्या घटेर दैनिक ७०-८० जनाले योग अभ्यास गर्दै आइरहेका छन्।

यो योग शिविर नि:शुल्क रुपमा संचालित छ। नि:शुल्क भएतापनि यदि कुनै साधक साधिकाहरुले आफ्नो इच्छा अनुसार दिएको भौतिक, आर्थिक दानलाई सहर्ष स्वीकार गरिन्छ। हाल यस शिविरमा सुरुका दिन देखि प्रमुख गुरु लिलानन्द योगी महिनामा १ पटक र प्राय अरु दिनमा प्रमुख प्रशिक्षक अर्थात् सबैले गुरुआमा भनेर चिन्ने सुश्री विमला ढकालले प्रशिक्षण दिनुहुन्छ। वहांको अनुपस्थितिमा अरु प्रशिक्षकहरु सुश्री अन्डिरा श्रेष्ठ, श्री हिराज्ञान महर्जन, श्री मणिकाजी बिष्ट, श्री कान्छा भाइ महर्जनले स्वंय सेवकको रुपमा शिविरमा प्रशिक्षण दिंदै आएका छन्।

यस क्षेत्रमा योग अभ्यास सुरु भएका दिनदेखि हालसम्म यस योग शिविरमा हजारौं साधक साधिकाहरुले शिविरमा उपस्थित भई योग अभ्यास गरेका छन्। तर समयको पावन्दी, कार्यव्यस्तता, घरायसी कारण आदिले गर्दा ठुलो हिस्सामा रहेका साधक साधिकाहरुमध्ये कम संख्यामा मात्र योग अभ्यासमा हाल सहभागिता छ। यस योग शिविरबाट धेरै जनाले स्वास्थ्य लाभ प्राप्त गरिसकेका छन् भने धेरैले अहिलेपनि स्वास्थ्य लाभ गरिरहेका छन्। आशा गरौं भविष्यमा यस संस्थले आफ्नो कार्यक्षेत्र अझ अगाडि बढाउँदै थप जनमानसलाई योग अभ्यास गर्न र गराउन आफ्नो नयाँ योजनाहरु ल्याउँदै अगाडि बढ्ने जमर्को गर्नेछ।

 

- कान्छा भाइ महर्जन

(लेखक योग साधना कीर्तिपुरका सचिव हुनुहुन्छ)

फोटो: शशीश महर्जन

Last Updated ( Monday, 28 November 2011 08:42 )  

Know our places

 

BaghBhairab

Bagh Bhairab temple is one of the most popular temples dedicated to the God Bhairab in the...

 

Tau Daha

The place Taudaha takes its name from the lake Ta daha situated here from the time immemor...

 

Panga

Panga, is situated south-west of Kirtipur Municipality is a typical Newari settlement. On ...

Send us your articles

We would be glad to publish your works (articles, blogs, photos). Send them to ourkirtipur@gmail.com