ourkirtipur.com.np

Thursday
Sep 20th
Text size
  • Increase font size
  • Default font size
  • Decrease font size
Home Art and Culture Festivals पाँगामा सापारु (गाईजात्रा)

पाँगामा सापारु (गाईजात्रा)

E-mail Print PDF

मृतक आफन्तजनहरुको सम्झनामा मनाईने गाईजात्रा (सापारु) यस बर्ष पनि पाँगा, कीर्तिपुरमा  सदाझैं भब्यताकासाथ सम्पन्न भयो । गाईजात्रा प्रताप मल्लको पालादेखि सुरु भएको मनिन्छ । तर  स्थानीय संस्कृतिविदहरु यो जात्रा लिच्छबी काल देखि नै यस क्षेत्रमा प्रचलनमा आएको दावी गर्दछन् ।

विहान करिब दश बजे भुजिन्दबाट शुरु भएको जात्रामा बिभिन्न मुखुन्डो, गरगहना, परम्परागत पहिरन लगाएका "वस: घाना वपीं" हरुको झाँकी रहेको थियो । त्यस्तै अर्को झाँकी गाईको भेषमा आएका किशोरहरुको थियो । घरमा अफन्तजनहरुको मृत्यु भएको परिवारका सदस्यले यस्तो झाँकीमा सहभगी हुने गर्दछन् । जात्राको अग्रपंक्तीमा बिभिन्न मुखुन्डो लगाएका र अनेक प्रकारका समानहरु बोकेका नृतकहरु रहेका थिए । धा:, भुस्या:, पोंगा लगायतका बाजाहरुको तालमा ती नृतकहरुले विशेष नाच प्रस्तुत गरेका थिए । जसलाई स्थनीयहरु "झ्याँ झ्याँ पा पा" वा "तिर कु लार कु" पनि भन्ने गर्दछन् ।

यसै अवसरमा टोल टोलमा मनिसहरु समुहमा बसेर, जात्राका सहभागीहरुलाई माल्पुवा, भिजाएको केराउ, नास्पाती आदि बांडिरहेका थिए । यसरी गाईजात्रामा दान दिंदा पुन्य मिल्ने विश्वास रहेको छ ।

साँझपख बिभिन्न टोलका लाखेहरुलाई रांगाको टाउको र खुट्टा उपहार पनि दिइएको थियो । 








Photo: Shashish Maharjan

Last Updated ( Tuesday, 28 August 2018 14:25 )  

Know our places

 

BaghBhairab

Bagh Bhairab temple is one of the most popular temples dedicated to the God Bhairab in the...

 

Tau Daha

The place Taudaha takes its name from the lake Ta daha situated here from the time immemor...

 

Panga

Panga, is situated south-west of Kirtipur Municipality is a typical Newari settlement. On ...

Send us your articles

We would be glad to publish your works (articles, blogs, photos). Send them to ourkirtipur@gmail.com