बाघभैरव जात्रा २०७५

Monday, 20 August 2018 20:05 Biplap Maharjan
Print

हरेक बर्षको भदौ १ झै यस वर्ष पनि आराध्यदेव बाघभैरवको जात्रा धुमधामका साथ मनाइयो । बिहानै देखि बाघभैरब मन्दिरमा भक्तजनहरुको घुईंचो लागेको थियो ।

बिहान मन्दिरको पूर्वमा रहेको कुवा (आजु बुंगा)मा बाघभैरबका गर-गहनालाई स्नान गराइयो । तत्पश्चात् भैरबको मुर्तीलाई सो गर-गहना लगाइ पुन: मन्दिरमा ल्याईयो । मन्दिर

परिसरमा गुभाजुले होम तथा अन्य बिधीबाट पूजा गरिसकेपछि बाघभैरबको प्रतिक मुकुटलाई खटमा बिराजमान गराइएको थियो ।

साँझ पख सो खटलाई बिभिन्न टोलहरुमा परिक्रमा समेत गराइएको थियो । सो परिक्रममा बाजागाजा, भजन टोली सहित धुप-दिप बोकेका सयौं भक्तजनहरुको उपस्थिति रहेको थियो ।

जात्रा सकिएपछी बाघभैरब मन्दिरको १०८ चोटि फन्को लगाउने चलन पनि रहदै आएको छ । त्यसरी फन्को लगाउनेमा युवा-युवतीहरुको संख्या बाक्लो रहेको थियो ।

संस्कृतिविद्हरुका अनुसार बाघभैरवको विशेष पूजा परापूर्वकालदेखि चल्दै आएतापनि खट जात्रा भने २०१३ साल देखि मात्र शुरु भएको मनिन्छ । 

Photo: Biplap Maharjan

Last Updated ( Monday, 20 August 2018 20:38 )